मुम्बई पाचौँपटक आईपीएल च्याम्पियन

मुम्बईका कप्तान रोहित उपाधि जितेपछि। 

दुबई- दिल्ली क्यापिटल्सलाई हराउँदै  साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट २०२० को उपाधि रक्षा गरेको छ। मंगलबार राती भएको फाइनलमा दिल्लीलाई५ विकेटले हराएको मुम्बई समग्रम पाचौँपटक विजेता बनेको हो।

मुम्बई आईपीएलको सर्वाधिक विजेता टोली पनि हो। मुम्बईपछि सर्वाधिक उपाधि जित्ने टोलीका रुपमा चेन्नई सुपर किङ्स रहेको छ। उसले तीनपटक उपाधि जितेको छ।

पहिला ब्याटिङ गरेको दिल्लीले  एक सय ५७ रनको लक्ष्य दिएको थियो।  मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। मुम्बईका  रोहित शर्माले ६८, इसन किसनले ३३ र क्विन्टन डे कोकले २० रन बनाए। यसअघि मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि जितेको थियो। आईपीएलको इतिहाँसमा उपाधि रक्षा गर्ने दोस्रो टोली पनि बनेको छ मुम्बई। यसअघि चेन्नईले मात्र यस्तो सफलता हात पारेको थियो।

मंगलबार भएको फाइनलमा टस जितेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५६ रन जोडेको थियो। दिल्लीका रिसभ पन्तले ५६ र श्रेयस अयरले ६५ रन बनाए। २२ रन जोड्दा तीन विकेट गुमाएको दिल्लीका लागि पन्त र अयरले ९६ रनको साझेदारी गरे। दिल्लीका मार्कस स्टोइनिस शुन्य, शिखर धवन १५ र अजिन्क्या रहाने २ रनमा आउट भए।

दिल्लीले अन्तिम दुई ओभरमा १४ रनमात्र जोड्न सक्यो। मुम्बईका ट्रेन्ट बोल्टले ३ र नाथन कुल्टर नाइलले दुई विकेट लिए। जयन्त यादबको नाममा एक विकेट रह्यो। पहिलोपटक सन् २०१० को संस्करणमा फाइनल पुगेको मुम्बई त्यतिबेला पराजित भएपनि त्यसयताका पाँचवटै फाइनल यात्रामा उसले उपाधि जितेको छ। दिल्ली पहिलोपटक फाइनल पुगेको थियो।

हालसम्म मुम्बई र चेन्नईबाहेक कोलकाता नाइट राइडर्सले दुई तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जस र राजस्थान रोयल्सले एक एकपटक उपाधि जितेका छन्। प्रतियोगिताको यो सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यान किङ्स इलेभेन पन्जाबका केएल राहुल र सर्वाधिक विकेट लिने बलर दिल्लीका कागिसो रबडा भए।

 

प्रकाशित मिती- २६ कार्तिक २०७७, बुधबार ११:०९