पूर्वकप्तान पारस फिनिक्स कलेजको एमबीए ब्रान्ड एम्बासडर

 
काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई फिनिक्स कलेज अफ म्यानेजमेन्टले एमबीए कार्यक्रमको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। पारस र कलेजबीच शनिबार सम्झौता पत्रमा हस्ताक्षर भयो।

कलेजका डाइरेक्टर लक्ष्मण पोख्रेलले पारसलाई दुई वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरिएको जानकारी दिए। यसैबीच पारसले औपचारिक अध्ययनलाई पनि फिनिक्स कलेजबाट अगाडी बढाएका छन्।

पारस फिनिक्समा एमबीए पहिलो सेमेस्टरमा अध्ययनरत छन्। फिनिक्स नेपालमा लिङ्कन विश्वविधालयको सम्बधनप्राप्त एमबीए कोर्स सन्चालन गर्ने नेपालको पहिलो कलेज हो।  एम्बासडर नियुक्त भएपछि पारसले खेलाडीलाई उनीहरुको करियरपछि औपचारिक र उच्च शिक्षाको महत्व हुने बताएका छन्।

प्रकाशित मिती- २१ भाद्र २०७७, आईतवार १९:४६