सीपिएल क्रिकेटमा सन्दीपको दमदार प्रदर्शन

काठमाडौँ – नेपालका लेग स्पीनर क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको यो सिजन शानदार प्रदर्शन गरिरहेका छन्।

उनको टोली जमैका तल्लावाजले ६ खेल खेल्दा तीन जित र तीन हार ब्यहोरेको छ। सन्दीपले हरेक खेलमा विकेट लिइरहेका छन्।

उनले हालसम्म ९ विकेट हात पारेका छन्।  उनले तीन खेलमा दुई दुई र तीन खेलमा एक एक विकेट लिएका छन्। उनले ४.८३ रनको औसतमा बलिङ गरिरहेका छन्। प्रतियोगितामा जमैकाकै मुजिब उर रहमान १३ विकेटसहित सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्षस्थानमा छन्।

उनको बलिङ औसत ३.८७ रहेको छ। मुजिबसहित अन्य पाँच खेलाडीले मात्र सन्दीपभन्दा बढी विकेट लिएका छन् यो सिजन। सन्दीप र मुजिबबाहेकका ती खेलाडीले उनिहरुभन्दा एक खेल बढी खेलेका छन्।

 

६ टोली सहभागी प्रतियोगिताको लिग चरणका शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।

 

प्रकाशित मिती- १५ भाद्र २०७७, सोमबार ०७:४५