लिग च्याम्पियन लिभरपुललाई हराएर आर्सनल कम्युनिटी शिल्ड च्याम्पियन

लन्डन- आर्सनलले एफए कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । शनिबार राती भएको फाइनलमा आर्सनलले लिभरपुललाई टाइब्रेकरमा हरायो। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको थियो।

आर्सनलले इङ्लिस प्रिमिियर लिग च्याम्पियन लिभरपुललाई  ५–४ गोलले हरायो। पायर एमरिक औबामेयाङले निर्णायक प्रहारमा गोल गर्दै आर्सनललाई उपाधि दिलाए। यसअघि एमरिककै गोलमा आर्सनलले निर्धारित समयको १२ औँ मिनेटमा अग्रता लिएको थियो। ७३ औँ मिनेटमा मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

लिभरपुलले लगातार दोस्रो वर्ष पेनाल्टीमा एफए कम्युनिटी शिल्ड गुमाएको हो । गएको वर्ष लिभरपुल म्यानचेस्टर सिटीसँग पेनाल्टीमा पराजित भएको थियो ।   आर्सनलले एफए कप पनि जितको थियो।

 

प्रकाशित मिती- १५ भाद्र २०७७, सोमबार ०७:३०