नेपाल पुलिसका चेतनसहित पूर्व चार खेलाडीलाई एएफसीको ‘ए’ कोचिङ लाइसेन्स
काठमाडौं- पूर्व चार खेलाडीले एसियाली फुटबल महासंघ- एएफसीको ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन्। लाइसेन्स पाउनेमा नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापासहित चेतन घिमिरे, सल्यान खड्गी र युगल किशोर राई रहेका छ।
अनन्त र चेतन राष्ट्रिय टोली र पुलिसका पूर्व खेलाडी हुन्। चोटका कारण चेतनले लामो समय खेल्न सकेनन्। सल्याण ए डिभिजन क्लब संकटा र युगल किशोेर बी डिभिजन क्लब बासबारीका प्रशिक्षक हुन् ।
एएफसीले गत २०१९ डिसेम्वर १ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा भएको कोचिङ कोर्सको नतिजा सार्वजनिक गरेको हो । कोचिङ कोर्समा नेपालभरका २३ भन्दा बढीले सहभागिता जनाएका थिए । कोचिङ कोर्सलाई एएफसीका इन्सट्रक्टर भारतीय साभियो पिडाडी मेडिइराले सहजीकरण गरेका थिए ।
प्रकाशित मिती- ५ असार २०७७, शुक्रबार ०६:३०