पारसले कप्तानी गरेको चितवनलाई पीपिएल क्रिकेटको उपाधि

पोखरा –  पारस खड्काले कप्तानी गरेको चितवन राइनोजले दोस्रो नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको उपाधि जितेको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको  फाइनलमा चितवनले विराटनगर टाइटन्सलाई ३२ रनले हरायो। विराटनगरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो।

चितवनले निर्धारित २० ओभरमा २ सय २ रन जोड्यो। चितवनका रोहन मुस्तफा र रोहितकुमार पौडेलले अर्धसतक बनाए। उनिहरुले ९५ रनको साझेदारीसमेत गरेका थिए।

विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर एक सय ७० रनमात्र जोड्न सक्यो।  कप्तान प्रदीप ऐरीले ३६ रन बनाए।  पुनित मेहरा ३२, सुनिल धमाला ४, लोकेश बम १ र नोमान खान १८ रनमा आउट भए ।

पुष्प थापा ३ र जितेन्द्र मुखिया ७ रनमा अविजित रहे । बलिङ तर्फ करण केसी सर्वाधिक ३ विकेट लिए । सन्नी पटेल र रोहन मुस्ताफाको नाममा समान १ विकेट रह्यो ।

साविक उपविजेतासमेत रहेको चितवनले उपाधि जितेबापत २७ लाख रुपैयाँ प्राप्त गर्‍यो।

प्रकाशित मिती- २३ पुष २०७६, बुधबार ०८:०६