साग स्वर्ण विजेता बक्सर मिनु फाइनलमा
काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद- सागकी स्वर्ण पदक विजेता मिनु गुरुङ चीनको जिङयाङमा भइरहेको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताको फाईनलमा प्रवेश गरेकी छन् ।
नेपालका लागि महिला ५४ केजीमा मिनु गुरुङले चाईनीज ताइपेइकी मुक्केबाज ताओ युङ युलाई अंकका आधारमा हराउदै उपाधि नजिक पुगेकी हुन् ।
उपाधि भिड्न्तमा मिनुले फिलिपिन्सीकी मुक्कोवाज नाइस जा डेडेक्लोसँग प्रतिस्पर्धा गर्ने संघका सदस्य श्याम अवालेले जानकारी दिए।
पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापाले रजत जितेका छन् । भुपेन्द्र फाइनलमा चाईनीज ताइपेइका मुक्केबाजसँग स्प्लीट डिसिजनका आधारमा ३–२ ले पराजित भएका थिए । रजत जितेका भुपेन्द्रले ५ सय डलर पनि हात पारेका छन्।
प्रकाशित मिती- ६ पुष २०७६, आईतवार ०८:२०