एथलेटिक्समा नेपाललाई तेस्रो पदक, अधिकारीलाई कास्य

काठमाडौँ- १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत  पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन्। बुुधबार भएको प्रतिस्पर्धामा  भारतका सुरेश कुमारले निर्धारित दुरी २९.३३.६१ सेकेण्डमा पुरा गरि स्वर्ण जिते ।

श्रीलंकाका सानमुगेश्वरनले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्दै  रजत र नेपालक अधिकारीले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका हुन्।

एथलेटिक्सतर्फ नेपालले एक स्वर्ण र दुई कास्य जितेको छ। महिला १० हजार मिटरमा सन्तोषी श्रेष्ठ र पुरुष १५ सय मिटरमा टंक कार्कीले कास्य हात पारेका हुन्।

प्रकाशित मिती- १९ मंसिर २०७६, बिहीबार ०९:३३