महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण, राष्ट्रिय कीर्तिमान
काठमाडौँ- १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन्।
पहिलो ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् ।यता १ मिलिसेकेण्डले पछि पर्दै भारतक कबिता यादबले रजतमा चित्त बुझाइन् ।श्रीलंकाकी निलन्थी लंकाले ३५.५९.०२ मा निर्धारित दौड पुरा गर्दै कास्य पदक हात पारिन् ।
साग महिला एथलेटिक्समा नेपालले स्वर्ण जितेको यो पहिलोपटक हो। यसैगरि पुरुषको १५ सय मिटरमा नेपालका टंक कार्कीले कास्य जितेका छन् ।
मंगलबार बिहान भएको खेलमा नेपालका टंक कार्कीले निर्धारित दुरी ३ मिनेट ५९. २० सेकेन्डमा पुरा गरे ।
प्रकाशित मिती- १९ मंसिर २०७६, बिहीबार ०८:३७