महिला भलिबलमा नेपालको विजयी सुरुवात

काठमाडौँ- १३ औँ दक्षिण एसियाली खेलकुद-सागको महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ।

समूहको आफ्नो पहिलो खेलमा नेपालले बुधबार बंगलादेशलाई २५-९,२५-९ र २५-११ को सोझो सेटमा हरायो। नेपालले अब बिहीबार भारतसँग खेल्ने छ। तीन टोली रहेको समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

महिला भलिबलमा ६ टोलीको सहभागिता रहेको छ। यो स्पर्धामा नेपालले सागमा कास्य पदकसम्म जितेको छ।

प्रकाशित मिती- १२ मंसिर २०७६, बिहीबार ००:४७