अभुतपूर्व नेपाली महिला भलिबल !

काठमाडौँ- अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको २० वर्षपछि नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो उपाधि जितेको छ।

बंगलादेशमा आयोजना भएको एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जित्दै नेपालले यो सफलता हात पारेको हो। प्रतियोगिताभर शानदार प्रदर्शन गरेको नेपालले फाइनलमा मालदिभ्सलाई सोझो सेटमा हरायो।

सहिद सूरवार्दी इन्डोर रंगशालामा नेपालले माल्दिभ्सविरुद्ध २५–१३, २५–१२ र २५–८ को सेटमा जित हात पार्‍यो। पहिलो चरणमा अपराजित रहँदै नेपाल फाइनल पुगेको थियो। पहिलो चरणको अन्तिम खेलमा पनि नेपालले मालदिभ्सलाई हराएको थियो, सोझो सेटमा।

नेपालले पहिलो चरणमा अफगानिस्तान, किर्गिस्तान र घरेलु टोली बंगलादेशलाई हराएको थियो।  नेपालले सन् १९९९ यता महिला भलिबलमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो।

 

प्रकाशित मिती- २९ कार्तिक २०७६, शुक्रबार ०२:२९