मोड्रिचलाई बेलोन डीअर पनि

पेरिस- विश्व फुटबलमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको एक दशकयताको राज एकपर्छि अर्को तोड्नेक्रममा क्रोएसियाली मिडफिल्डर लुका मोड्रिचले बेलोन डीअर अवार्ड पनि जित्न सफल भएका छन्।

फ्रान्स फुटबलले सोमबार राती विषेश समारोहबीच अवार्ड विजेताको घोषणा र वितरण गरेको हो। मोड्रिचकै कप्तानमा क्रोएसिया गत विश्वकपमा फाइनलसम्म पुगेको थियो। स्पेनिस क्लब रियल म्याड्रिडले गत युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्दा मोड्रिच मुख्य खेलाडी थिए।

विश्वकपमा सर्वोत्कृष्ट खेलाडी, युरोपियन वर्ष खेलाडी र फिफा वर्ष खेलाडी अवार्ड जितेपछि मोड्रिचले बेलोन डीअर पनि जित्ने अनुमान बलियो थियो। सन् २००७ यता मेसी र रोनाल्डोबाहेक अन्य खेलाडीले बेलोन डीअर जित्न सकेका थिएनन्।

अन्तिमपटक यो सफलता ब्राजिलका काकाको नाममा थियो। मेसी र रोनाल्डोले पाँच पाँचपटक यो अवार्ड जितेका छन्। सन् २०१० देखि २०१५ सम्म फिफा वर्ष खेलाडी र बेलोन डीअरलाई मर्ज गरिएको थियो। तीन वर्षयता भने यी दुवै अवार्ड अलग अलग प्रदान गरिँदै आएको छ।

यस वर्षको बेलोन डीअरको विजेता छान्न भएको मतदानमा रोनाल्डो दोस्रो र मेसी पाँचौँ स्थानमा रहेको बताएको छ।

प्रकाशित मिती- १८ मंसिर २०७५, मंगलवार ०२:४७