आईपिएलपछि सन्दीप पिसिएलमा पनि

काठमाडौँ- नेपालका सनसनीवाज लेग स्पीनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग-आईपिएलपछि लगातार ब्यावशायीक क्रिकेट लिगमा छर्लाङ मारिरहेका छन्।

पछिल्लोपटक उनले पाकिस्तान सुपर लिग-पिसिएल खेल्ने पक्का भएको छ। लाहोर क्वालान्डर्सले मंगलबार भएको अक्सनमा सन्दीपलाई लिएको हो। क्वालान्डर्स अघिल्ला तीनवटै संस्करणमा समूहगत चरणबाट बाहिरिएको थियो।

क्वालान्डर्समा दक्षिण अफ्रिकाका कीर्तिमानी ब्याट्सम्यान एबी डे भिलियर्स, कार्लोस ब्राथवैट, मोहम्मद हाफिज लगायत खेलाडी छन्।

सन्दीपले क्यारेबियन क्रिकेट लिग-सीपिएल, ग्लोबल टीट्वेन्टी, अफगानिस्तान प्रिमियर लिग-एपिएल खेलिसकेका छन् भने बिग बास, बंगलादेश प्रिमियर लिग, टी-१० लगायत प्रतियोगितामा अनुबन्धित भईसकेका छन्। सन्दीप हाल टी-१० खेल्न युएईमा छन्।

प्रकाशित मिती- ४ मंसिर २०७५, मंगलवार १६:०६