रोनाल्डो भन्छन्- यौन सम्पर्क भएको थियो तर त्यो रेप थिएन

म्याड्रिड-स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्याथरिन मायोर्गासँग यौन सम्पर्क भएको स्विकारे पनि त्यो बलात्कार नभएको दाबी गरेका छन्। न्युयोर्कस्थित रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोले मायोर्गासँग पैसा तिरेर यौन सम्पर्क राखेको बताएका छन्।

मायोर्गाले सन् २००९ मा लास भेगासस्थित एक होटलमा रोनाल्डोले आफुलाई बलात्कार गरेको केही साता अघि सार्वजनिक गरेपछि पोर्चुगिज स्टार विवादमा छन्। रोनाल्डोले आरोपको खन्डन गरिरहेका छन्।

रोनाल्डोका कानुनी अधिकारी मायोर्गाविरुद्ध गाली बेइज्जतीको आरोप लगाउने तयारीमा छन्। रोनाल्डोले मायोर्गासँग यौन सम्पर्क राख्न तीन लाख ५० हजार डलर तिरेको बताईएको छ।

प्रकाशित मिती- २५ आश्विन २०७५, बिहीबार ०२:३३