होप भ्याली सेमिफाइनलमा

काठमाडौं –  होप भ्याली प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । होप भ्यालीले रातो बंगलालाई ४२–२५ ले पराजित ग¥यो ।

होप भ्यालीको जितमा सुशान्त पराजुलीले १४ अंक योगदान गरे । ब्वाइजमै एलआरआई, विल्सन एकेडेमी र किस्क पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

एलआरआईले आयोजक ओसिस ‘ए’ लाई ३७–३० ले हरायो । एलआरआईका लुजन महर्जनले १५ स्कोर गरे । विल्सनले रेडिअन्टको यात्रा ४८–२६ ले पूर्णविराम लगायो ।

विल्सनका सुशान्त लामाले ११ अंक बटुले । किस्कले नालान्डाको चुनौती २५–१९ ले समाप्त पा¥यो । किस्कका जिउङ हरले ८ स्कोर गरे ।
सेमिफाइनलमा किस्कको भेट विल्सनसंग हुनेछ भने होप भ्यालीले एलआरआईको सामना गर्नेछ । सेमिफाइनल शुक्रबार हुनेछ ।

 

प्रकाशित मिती- ४ आश्विन २०७५, बिहीबार १५:३९