केभीकेएसएसको दोश्रो जित

काठमाडौं- आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) ले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।

केभीकेएसएसले न्यु समिटलाई १५–१४ को साँघुरो अन्तरले पराजित ग¥यो । विजेताका कविन थापा मगरले ६ अंक जोडे ।
ब्वाइजमै भ्याली पब्लिकले बुद्ध एकेडेमीलाई ४६–३६, एचएचसीएले त्रियोगलाई ४२–२१, निम्सले हिमरश्मीलाई ५५–३३ तथा लक्ष्मीपुरले न्यु बुद्ध प्रकाशलाई २७–१६ ले पन्छाए ।

भ्याली पब्लिकका राहुल विकले २४, एचएचसीएका दीपराज तामाङले १६, निम्सका सुमन बोगटीले १३ र लक्ष्मीपुरका सञ्जय श्रेष्ठले १२ स्कोर गरे । गल्र्समा ग्रीनल्यान्डले भ्याली पब्लिकलाई ३५–२३, टीआईएले इनोभेटिभलाई ३५–२४, स्काइलार्कले साइपाल एकेडेमीलाई २५–१२ र त्रियोगले न्यु समिटलाई ६–२ ले पाखा लगाए ।

ग्रीनल्यान्डकी प्रमिला जगारीले १८, टीआईएकी रिन्चिन मोक्तानले २५, स्काइलार्ककी ललिताले १९ र त्रियोगकी निकोली श्रेष्ठले ४ अंक बटुले ।

 

प्रकाशित मिती- २४ श्रावण २०७५, बिहीबार १३:१५