बास्केटबल टोली श्रीलंका प्रस्थान

काठमाडौं-  फिबा थ्री अन थ्री एसिया क्वेस्ट स्टोप– साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ ।

पुरुष टोलीमा मबिन्द्र भण्डारी (कप्तान), अजय कुश्वाहा, निश्चल महर्जन र अनिश बस्नेत रहेका छन् ।

अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छन् । अफिसियलमा विकास शाही र सदिना श्रेष्ठ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित मिती- १९ श्रावण २०७५, शनिबार १३:३९