बीएनए र ईबीएको विजयी सुरुआत

जुनियर ब्वाइजमा बीएनएका सम्यम चापागाईं एनईएविरुद्ध बल अगाडि बढाउँदै ।
काठमाडौं– आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र ईडेन ब्रिज एकेडेमी (ईबीए) ले तेश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् ।
बसुन्धारास्थित घरेलु कोर्टमा आईतबार बीएनएले नवजीवन एजुकेसनल एकेडेमी (एनईए) लाई ३५–२१ ले पराजित गर्‍यो । बीएनएको जितमा सम्यम चापागाईंले १७ अंक योगदान गरे । सुनील मल्लको १५ अंक सहयोगमा ईबीएले स्किब्सलाई ३०–१९ ले हरायो ।
सिनियर ब्वाइजको थ्री बाई थ्रीमा नाम्सले ईबीएलाई ६–३, स्किब्सले नाम्सलाई १७–१४, स्नोल्यान्डलाई ७–१ र ईबीएलाई १०–४ स्नोल्यान्डले श्रीदिवालाई ११–१०, श्रीदिवाले स्काइलार्कलाई १०–९, ग्रिनल्यान्डले निब्सलाई १०–४
र ओडिसीलाई ११–३, स्काइलार्कले भ्याली पब्लिकलाई १०–९, बीएनएले टीआईएलाई ७–३ र नेपाल मोडेललाई १०–६, भ्याली पब्लिकले स्नोल्यान्डलाई ८–६, टीआईएले नेपाल मोडेललाई ११–७ तथा ओडिसीले निब्सलाई ८–५ ले पन्छाए ।
सिनियर गर्ल्स थ्री बाई थ्रीमा ग्रिनल्यान्डले भद्रकालीलाई ९–७ र महामञ्जुश्रीलाई ८–४, महामञ्जुश्रीले भद्रकालीलाई ८–१, टीआईएले बीएनएलाई ५–३, भ्याली पब्लिकले स्नोल्यान्डलाई १६–२, श्रीदिवाले नेपाल मोडेललाई ४–२ र स्काइलार्कलाई ५–३, स्किब्सले टीआईएलाई ८–५ तथा बीएनएले ईबीएलाई ६–४ ले पाखा लगाए ।
प्रकाशित मिती- ३० बैशाख २०७५, आईतवार १५:२९