थ्रीस्टार र मनाङ फाइनलमा

काठमाडौं- थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि मनाङ मर्स्याङदीसँग खेल्नेछ ।

आइतबार भएको अन्तिम सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौंलाई १-० गोल अन्तरमा रोक्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले निर्णायक गोल गरे । बुद्धले पहिलो हाफको ३५ औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिती- १८ चैत्र २०७४, आईतवार २३:५५