बेसिक लर्निङ लाई उपाधि

खेलाडी सम्बाददाता  –  प्रथम क्यामेलिया अन्तर विद्यालय कराते प्रतियोगितामा शनिबार,  बेसिक लर्निङ टिम च्याम्पियन बनेको छ । बेसिक लर्निङले ५ स्वर्ण र १ रजत जित्यो ।

नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते संघको तत्वावधानमा कालीमाटीस्थित क्यामेलिया स्कुलद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण र ४ कांस्यसाथ आईजे पायोनियर दोश्रो भयो । तेश्रो स्थानमा रहेको आयोजक क्यामेलियाले ३ स्वर्ण, ७ रजत र ७ कांस्य प्राप्त ग¥यो ।

प्रतियोगिताको पुरुषमा आईजे पायोनियरका अनिल सुन्दास तथा महिलामा क्यामेलियाकी कृति गौतम उत्कृष्ट खेलाडी चुनिए । विद्या आर्जनले अनुशासित टिमको उपाधि हात पा¥यो ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा पूर्व प्रधानमन्त्री खनाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, अन्तर्राष्ट्रिय निर्णायक प्रकाशमोहन धौभडेललगायतलाई सम्मान गरिएको थियो ।

एकदिने प्रतियोगितमा विभिन्न ६ विद्यालयका २ सय खेलाडीले १७ स्पर्धामा प्रतिस्पर्धा गरेको क्यामेलियाका कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।

 

प्रकाशित मिती- २६ फाल्गुन २०७४, शनिबार १५:३६