क्रान्तिकारी कप : नवोदितलाई उपाधि

तेस्रो क्रान्तिकारी कप अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेज,सामाखुसीले हात पारेको छ। आइतबार साझ सम्पन्न फाइनल खेलमा नवोदितले हिमालय इन्जिनियरिङ कलेजलार्इ ९ १ गोलले हरायो ।

नवोदित कलेजका खेलाडीले उपाधिसँगै नगद ५५ हजार पनि प्राप्त गरेका छन्। प्रतियोगितामा हिमालय इन्जिनियरिङ कलेज उपविजेता बनेको छ । सो कलेजका खेलाडीले नगद ३३ हजार हात पारे ।

म्यान अफ द म्याच नवोदित कलेजका आशिष गुरुङ भए । त्यसैगरी हाइस्कोरर ९१३ गोल० केएनके कलेजका सुजन पौडेल र बेस्ट प्लेयर अफ दि टुर्नामेन्ट टाइम्स कलेजका विवेक गुरुङ भए ।

यस्तै बेस्ट किपर टाइम्स कलेजका सन्तोष महत भएका छन् ।

 

प्रकाशित मिती- २१ फाल्गुन २०७४, सोमबार ०२:३४