बीभीएसमा सेमिफाइनल समीकरण पूरा

काठमाडौं (खेल सम्बाददाता) दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । समूह एको विजेता डिएभीले समूह बीको उपविजेता रोज बड तथा समूह बीको विजेता सैनिक आवसिय महाविद्यालयले समूह एको उपविजेता सेन्ट जेभियर्स विरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणको अन्तिम दिनको खेलमा सैनिकले दुई खेल खेल्दै दुवैमा सफलता हात पा¥यो । सैनिकले आयोजक बृहस्पति विद्या सदनलाई ४१ रनले हरायो भने साविक उपविजेता रोज बडलाई ३ रनले पराजित ग¥यो ।

बृहस्पति विरुद्ध सैनिकका अशिम कार्की र रोज बड विरुद्ध सैनिककै अमोघ थापा प्लेयर अफ दी म्याच घोषित भए । अर्को खेलमा डिएभीले डिफेन्डिङ च्याम्पियन केएमसीलाई ४ रनले हरायो । खेलमा ३ चौका मद्दतमा ४७ रन जोडेका केएमसीका सनिध्या आचार्य प्लेयर अफ दी म्याच घोषित भए ।

प्रकाशित मिती- ३ पुष २०७४, सोमबार १४:२९