सीसीआरसी र जेभियर च्याम्पियन

 

 

काठमाडौं (खेलखेलाडी) क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले दोश्रो रोज बड उपत्यकाब्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।  सीसीआरसी ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बने । काठमाडौं (खेलखेलाडी) क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले दोश्रो रोज बड उपत्यकाब्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

सीसीआरसी ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बने ।  बुद्धनगरस्थित आयोजक रोज बडको कोर्टमा आइतबार भएको ब्वाइजको रोमाञ्चक फाइनलमा सीसीआरसीले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५८–५५ को झीनो अन्तरले पराजित ग¥यो ।  सीसीआरसीका राजेश खनालले ६ अंक जोडे .तेश्रो क्वाटरको समाप्तिसम्म पनि सीसीआरसी ४१–४२ ले पछि थियो . पहिलो क्वाटरमा १४–१६ ले पछाडिको परेको सीसीआरसी दोश्रोमा भने १७–१४ को अग्रता लिन सफल भयो ।

तेश्रो क्वाटरमा सीसीआरसी फेरि १०–१२ ले पछाडि रह्यो . चौथो तथा अन्तिम क्वाटर सीसीआरसीले १७–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि स’निश्चित ग¥यो . गल्र्सको फाइनलमा जेभियरले साइपाल एकेडेमीलाई ४१–१९ को फराकिलो अन्तरले हरायो . जेभियरको सहज जितमा शुष्मा गौतमले १९ अंक योगदान गरिन् .सुरुको क्वाटरमा ७–४ को अग्रता बनाएको जेभियरले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो ।  जेभियरले बाँकी क्वाटरमा क्रमशः ६–१, ९–३ र १९–११ को प्रदर्शन ग¥यो ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोजेश र सुष्मा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।  मंसिर ७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ४ टिमले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरी शीर्ष दुई टिमले पुन फाइनल खेलेका थिए ।

प्रकाशित मिती- १७ मंसिर २०७४, आईतवार १५:०८