ज्ञानोदयको विजयी सुरुआत

काठमाडौं (खेलखेलाडी) आयोजक ज्ञानोदयले २४ औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ । खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई ७९–२७ ले सहजै पराजित ग¥यो ।

ज्ञानोदयको जितमा राहुलविक्रम शाहले सर्वाधिक २५ अंक योगदान गरे । ब्वाइजको अर्को खेलमा इनोभेटिभले पुष्पसदनलाई ४९–२७ ले हरायो । इनोभेटिभका आयुश लामाले २० स्कोर गरे । बास्केटबलकै गल्र्समा इनोभेटिभ र एलए विजयी भए । इनोभेटिभले सुदेशालाई ३५–२५ तथा एलएले सुदेशालाई १२–६ ले पन्छाए । ब्वाइज फुटबलमा पनि ज्ञानोदयले जितका साथ यात्रा प्रारम्भ गरेको छ ।

डिफेन्डिङ च्याम्पियन ज्ञानोदयले एलएलाई २–० गोलले पराजित ग¥यो । विजेताका सपन महर्जन र साहिल भट्टचनले गोल गरे । अन्य खेलमा सहाराले ज्ञान निकेतनलाई ३–० तथा शुभताराले काभ्यालाई १–० गोलले हराए । प्रतियोगिताको पुष्पसदनका प्रिन्सिपल महेश श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । बास्केटबलको ब्वाइज र गल्र्समा समान ८–८ तथा ब्वाइज फुटबलमा १२ टिम सहभागी छन् ।

प्रकाशित मिती- २६ कार्तिक २०७४, आईतवार ०९:५२