प्रतिभाको प्रभावमा न्यु डायमान्ड च्याम्पियन

 

 

काठमाडौं (खेल खेलाडी) शिवम् न्यू डायमन्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ भलिबल प्रतियोगिताको महिलातर्फ विजेता बनेको छ । नया बसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनलमा न्यू डायमन्डले बुटवलको एभरेस्ट बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । एभरेस्ट २५–१३, २५–१४ र २५–१७ को सेटमा पराजित भयो । विजेता न्यु डायमन्डले एक लाख रुपैया र उपविजेता एभरेस्टले ६० हजार रुपैया पाए ।
कुलेश्वरको पारा माउन्टलाई ३–० को सेटमा हराएर पोखराको टप्स मावि पोखरा तेस्रो भयो । टप्सले ३५ हजार रुपैयाा पायो । विजयी टोलीकी प्रतिभा माली प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी घोषित भइन् । उनले त्यसबापत पााच हजार रुपैयाा पाइन् । न्यु डायमन्डकी कृपा अधिकारी सर्बोत्कृष्ट सेटर, रस्मिता दुरा सर्बोत्कृष्ट डिफेन्डर, एभरेस्टकी पुनम चन्द सर्बोत्कृष्ट स्पाइकर, कामना विष्ट सर्बोत्कृष्ट ब्लकर र टप्सकी ममता डगौरा सर्बोत्कृष्ट सर्भर घोषित भए । सबैले जनही तीन हजार रुपैयाा पाए ।

 

 

 

 

 

प्रकाशित मिती- २० कार्तिक २०७४, सोमबार ११:०६